नयाँ दलका नाममा राजनीतिमा निराशा र कुण्ठा बढ्यो : शंकर पोखरेल | Khabarhub Khabarhub

नयाँ दलका नाममा राजनीतिमा निराशा र कुण्ठा बढ्यो : शंकर पोखरेल


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एकखालको निराशा र कुण्ठा बढेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सोमबार संशोधन गर्दै पोखरेलले देशमा सबै सकियो भन्ने भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताएका छन् ।

पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम भएको उनले बताए । ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति ठूला दलप्रति निराशा फैलाउने काम भइरहेको छ’, उनले भने ।

एमालेलाई कसरी सकिन्छ कमजोर बनाउन विभिन्न भ्रामक प्रचार गरिएका पोखरेलले बताएका छन् । वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनले बताएका छन् ।

एमालेको विरासतलाई नै समाप्त पार्ने गरी विगतमा भएको षडयन्त्रलाई नेकपा परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताएका छन् ।

एमाले ठूलो विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको पोखरेलले सुनाए ।

आफूलाई राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमाले लागेको पोखरेलले बताएका छन् । ‘यसका लागि हामीले हाम्रो सामर्थ्यलाई बढाउन सक्नु पर्दछ’, पोखरेलले भने ।

लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनु पर्ने उनको धारणा छ । त्यसको लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पारे ।

‘आज जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासन तर्फ जाने कुरामा ध्यान जानु पर्ने छ’, उनले भने ।

अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै उनले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताएका छन् ।  अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई खान नसक्ने पनि उनले बताए ।

‘यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भने ।

कांग्रेस–एमाले सकारका लागि मात्र नमिलेका उनले स्पष्ट पारे । प्रमुख दलहरू एक्ला एक्लै चुनाव लडेर एउटा दलले बहुमत ल्याउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पारे ।

संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको उनले बताएका छन् । आन्तरिक छलफलबाट संविधान संशोधन हुने पोखरेलले स्पष्ट पारे । ‘आवश्यक परेको उचित समयमा हामी निष्कर्ष निकाल्छौँ, यस कुरामा हामी सचेत छौँ’, पोखरेलले भने ।

ठूला दल मिलेर अहिलेको सरकार बनेकोले दुई दलले चाहँदासम्म कसैले चाहेर नढल्ने पोखरेलले बताएका छन् । यो कुरा बुझेर नडराई काम गर्न उनले कर्मचारीलाई आग्रह गरे ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : ५८ बजे

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु

किएभ- युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको