हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री « Khabarhub

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् ।

मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उनले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए।

हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ थियो ।

उनले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरुरी रहेको बताए। जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिए।

‘सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ । अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौँ’, उनले भने, ‘सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ ।’

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : ५६ बजे

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण