खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की « Khabarhub

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् ।

धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा सोमबार सुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकुद बोर्डबाट हुन सक्ने सबै सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

‘बजेटले मात्र खेलकुदको विकास हुँदैन, व्यवस्थापन सही हुनुपर्छ, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरू पनि राम्रो हुनुपर्छ, त्यसका लागि हामी सहयोग गर्छौँ,’ मुख्यमन्त्री कार्कीले भने।

स्व खेलाडी रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालयस्तरीय तेस्रो यु–१८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा १२ वटा टोली सहभागी रहेको आयोजक मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले बताए।

विजेता टोलीलाई नगद २५ हजार, उपविजेतालाई नगद १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ०३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र