नेपालको जलविद्युतमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह « Khabarhub

नेपालको जलविद्युतमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।

नेपालको जलविद्युत क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा धन्यवाद दिँदै अध्यक्ष कार्कीले नेपालमा ऊर्जा उत्पादनको ठूलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठूलो लगानीको अपेक्षा गरेको बताए ।

कोरियामा बसेका नेपालीहरूले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण शेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै कार्कीले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् ।

हाल नेपालको जलविद्युतको जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकोमा झन्डै ८० प्रतिशत अर्थात् २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ४ हजार मेगावाट निर्माणाधीन र त्यतिनै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद विक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले बताए ।

 यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रुपमा स्थापित हुने पनि उनको भनाई थियो ।

नेपालले अहिले वर्षायाममा १ हजार मेगावाट भारत र ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिरहेको छ भने भारतबाट हिउँदमा ७०० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । नेपालका ६ हजार साना ठूला नदिनालाबाट २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको कार्कीले बताए ।

ुविदेशी लगानी विशेषगरी कोरियन लगानीका लागि नेपालमा धेरै ठूलो अवसर छ । नेपालको क्षत्रीय बजारमा भइरहेको विद्युत् व्यापारले क्षेत्रीय ऊर्जा सहकार्यलाई दर्शाइरहेको छ । यसले नेपाल एसियामा ठूलो ऊर्जा निर्यातकर्ता मुलुक बन्न सक्ने देखाउँछ ।ु कार्कीले भने ।

सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।

यो लक्ष्य प्राप्तिका लागि नेपालले लगानीकर्तालाई मात्रै आमन्त्रण गरेको छैन, त्यहाँ आयोजनाका लागि आवश्यक पर्ने कन्सल्ट्यान्ट सेवा, उपकरण उत्पादक, उपकरण आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बीमक, पुर्नबिमक लगायतका सेवा प्रदायकका लागि पनि ठूलो अवसर रहेको कार्कीले बताए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ४० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा