माथिल्लो म्याग्दी खोला आयोजना बनाउन वित्तीय व्यवस्थापन, पाँच बैंकले लगानी गर्ने | Khabarhub Khabarhub

माथिल्लो म्याग्दी खोला आयोजना बनाउन वित्तीय व्यवस्थापन, पाँच बैंकले लगानी गर्ने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन सम्झौता भएको छ । प्रवर्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिका-४ मा निर्माण गरिने आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट हो । आयोजनाको कुल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । बैंकहरूलाई तिर्नुपर्ने ब्याजसमेत जोड्दा आयोजना बनाउन सात अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लाग्ने प्रक्षेपण छ ।

अनुमानित लागतमध्ये सिद्धार्थ बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले ब्याज बाहेक पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने भएका हुन्‌ ।

वित्तीय व्यवस्थापन सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष काजी लामा तथा अगुवा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरे ।

आयोजनाको ऋण तिर्ने अवधि (पे ब्याक पिरियड) १२ अर्ब रहेको प्रवर्धकले जनाएको छ । आयोजनाबाट वार्षिक २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युत् विद्युत गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिङ्गल सर्किट प्रसारणलाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा जोड्ने योजना छ ।

वित्तीय व्यवस्थापनसम्बन्धी हस्ताक्षर कार्यक्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदयकान्त झाले वित्तीय व्यवस्थापन कुनै पनि आयोजनाको यात्राको एउटा कोशेढुङ्गा भएको बताए ।

सिद्धार्थ बैंकका सीईओ कँडेलले आयोजना समय र लागतभित्रै पूरा गर्न कम्पनी व्यवस्थापन प्रतिबद्धताका साथ लाग्नुपर्ने धारणा राखे । निर्माण प्रभावकारी तरिकाले सम्पन्न गर्नु महत्त्वपूर्ण जिम्मेवारी भएको बताउँदै उनले लगानी परिचालनका सन्दर्भमा आफूहरु प्रतिबद्ध भएर आयोजनाको सहयोगी बन्ने बताए ।

कार्यक्रममा आयोजनाका अध्यक्ष काजी लामाले परियोजनाको वित्तीय व्यवस्थापनले सामूहिक प्रतिबद्धतालाई नयाँ उचाइमा पुर्‍याउने बताउँदै भने, ‘यसलाई अन्तिम गन्तव्य नठानी यात्रा सुरु भएकाले अब हामी सबैले अझ बढी परिश्रम, नवीन सोच, र सहकार्यकासाथ यस परियोजनालाई सफलताको नयाँ शिखरमा पुर्‍याउन प्रतिबद्ध रहनुपर्छ ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : ५० बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि