टेलिग्राममा स्क्यामरको जालोभित्र नेपाली, ४५ करोड रुपैयाँभन्दा बढी ठगी « Khabarhub

टेलिग्राममा स्क्यामरको जालोभित्र नेपाली, ४५ करोड रुपैयाँभन्दा बढी ठगी



काठमाडौं – सामाजिक सञ्जाल टेलिग्राम सक्रिय स्क्यामर गिरोहले नेपाली प्रयोगकर्ताबाट कम्तिमा ४५ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमै हालसम्म ४५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी परेको हो ।

आर्थिक ठगी गर्ने उद्देश्यले टेलिग्राम च्यानलमा यतिखेर ठूलो संख्यामा स्क्यामर समूह सक्रिय छन् । ती ठगहरूको तारोमा पछिल्लो समय नेपाली प्रयोगकर्ता छन् । टेलिग्राममा खोलिएका विभिन्न मेसेन्जर ग्रुपबाट स्क्यामर समूहले नेपालीलाई प्रलोभनको जालोमा फसाउँदै लुटिरहेका हुन् ।

सहज आम्दानीको लोभ देखाएर स्क्यामरहरूले आम मानिसलाई टेलिग्रामसम्म प्रवेश गराइरहेका छन् । साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार अहिलेसम्म टेलिग्राममा मात्रै ४५ करोड रुपैयाँभन्दा बढी रकम ठगीएको उजुरी परेको छ ।

अन्य माध्यमको तुलनामा टेलिग्रामबाट हुने ठगीबारे अनुसन्धान गर्न कठिन हुने गरेको अवस्थी बताउँछन् ।

यसरी हुँदैछ ठगी

सामान्यतयाः टेलिग्राममा सक्रिय स्क्यामरले आम मानिसलाई अति सजिलो काम गरेर आम्दानी गर्न सकिने लोभ देखाउँछन् । यस्तो लोभ देखाउन उनीहरूले नियमित रूपमा प्रयोग गर्ने अन्य मेसेन्जर ग्रुपबाट सन्देश पठाउँछन् ।

त्यस्तो म्यासेज प्रायः ह्वाट्सएप ग्रुपबाट आउने गर्छ, जहाँ प्रयोग गरिएको नम्बर भने विदेशी हुने गर्छ ।

तल तस्बिरमा देखाएझैँ स्क्यामर ग्रुपले इन्टाग्राम वा फेसबुक पेजका विभिन्न लिङ्क पठाउँछन् । लाइक, कमेन्ट वा शेयर गरेर स्क्रिनसट पठाएपछि निश्चित रकम प्राप्त गर्न सकिने मेसेज गर्छन् ।

भने अनुसारको काम गरेर स्क्रिनसट पठाएपछि उनीहरूले पैसा प्राप्त गर्न कुनै टेलिग्रामको लिङ्क र कोड पठाउँछन् ।

यो एउटा स्क्यामरले प्रयोग गर्ने टेलिग्राम एकाउन्ट हो । जुन एकाउन्टमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)मार्फत बनाएजस्तो देखिने प्रोफाइल तस्बिर राखिएको छ । तर, नाम भने नेपाली राखिएको छ ।

स्क्रिनसट दिएको व्यक्तिले दिएको लिङ्कका आधारमा पुगिने व्यक्तिलाई हेल्लो हाई गरेपछि उसले तुरुन्तै प्रतिक्रिया जनाउँदै कोड माग्छ ।

कोड उपलब्ध गराएपछि नाम, उमेर र बैंक खाताजस्ता विषयहरूको माग गर्छ । यदि व्यक्तिले भनेअनुसारको विषय दिँदै गयो भने त्यहीँबाट उसको बैंक खाता नै ह्याक हुनसक्छ ।

सबै विवरण नपाए प्रलोभनका लागि दिन खोजिएको सुरु रकम भुक्तानीको लागि बैंक खाता वा मोबाइल वालेटको क्यूआरकोड माग माग्छन् र भुक्तानी गर्छन् ।

जुन व्यक्तिले पहिलोपटक फिसिङ अमाउन्ट (प्रलोभनमा पार्ने रकम) दिन्छ, उसैले नयाँ टास्क दिने टेलिग्राम ग्रुपमा प्रवेश गर्ने लिङ्क दिन्छ । त्यो लिङ्कमा क्लिक गरेपछि टेलिग्रामको ठूलो स्क्याम ग्रुपमा पुगिन्छ ।

सो ग्रुपमा चित्रमा देखाइएझैँ स्क्यामरले क्रमशः १५/२० वटासम्म टास्क दिन्छन् । टास्कमा उल्लेखित बराबरको रकम जम्मा गरेपछि आकर्षक बोनससहित फिर्ता पाइने भनिएको हुन्छ । जब सो ग्रुपसम्म पुगेका व्यक्तिले धेरै पाउने लोभमा रकम जम्मा गर्न थाल्छन्, उनीहरू त्यहीँबाट ठगिइन थाल्छन् ।

साइबर ब्यूरोका प्रवक्ता अवस्थीका अनुसार टेलिग्राममा स्क्यामरले धेरै ग्रुप बनाएर ठग्ने काम गरिरहेका छन् । उनले पछिल्लो समयमा आउने ठगीका धेरै घटनाको माध्यम नै टेलिग्राम बन्ने गरेको बताए ।

‘टेलिग्राममा स्क्यामरहरूको ग्रुप धेरै छ, अहिले जति पनि ठगीका घटना आएका छन् – टेलिग्रामकै छन्’, उनले भने, ‘हाम्रो कार्यालयमा लगभग ४५ करोड रुपैयाँ स्क्याम भइरहेको भन्दै उजुरी आएको छ ।’

घरबाटै काम गर्न सकिने भनी विभिन्न खालका टास्क दिएर स्क्याम गर्ने काम ठूलो मात्रामा भइरहेको अवस्थी बताउँछन् । टेलिग्रामले ठगीबारे डाटा नै उपलब्ध नगराउने हुँदा त्यस्ता ग्रुपमा नजोडिन उनको सुझाव छ ।

‘स्क्यामरहरूले आफ्नो परिचय लुकाएर त्यस्तो काम गरिरहेका हुन्छन्, टेलिग्रामले डाटा पनि उपलब्ध गराउँदैन’, उनले भने, ‘सकेसम्म त्यस्ता ग्रुपमा नजोडिनु नै राम्रो हुन्छ ।’

टेलिग्रामको स्ट्राइभर ग्रुपमा दिइएको टास्क र केही सहभागीहरूको स्क्रिनसट:

 

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ५१ बजे

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट

भोजपुरको मर्याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर– धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने