लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय सागर चौधरीलाई प्रहरीले पक्राउ गरेको   छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका-८ बस्ने ३५ वर्षीय नविन बस्नेतसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाकै  झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही नगरपालिका-६ शरणामती बस्ने ३६ वर्षीय तूला लाल गणेशलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ३ सय १४ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ सुक्ला गण्डकी नगरपालिका-५ बस्ने २० वर्षीय रोहित गुरुङ र सोही नगरपालिका-८ गणपति बस्ने २४ वर्षीय मान बहादुर भुजेल रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग।१ ख ९३११ नम्बरको बसमा सवार गुरुङको साथबाट १ सय ५२ ग्राम र ग.१ ख ३८४६ नम्बरको बसमा सवार भुजेलको साथबाट १ सय ६२ ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ३५ बजे

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस