लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय सागर चौधरीलाई प्रहरीले पक्राउ गरेको   छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका-८ बस्ने ३५ वर्षीय नविन बस्नेतसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाकै  झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही नगरपालिका-६ शरणामती बस्ने ३६ वर्षीय तूला लाल गणेशलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ३ सय १४ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ सुक्ला गण्डकी नगरपालिका-५ बस्ने २० वर्षीय रोहित गुरुङ र सोही नगरपालिका-८ गणपति बस्ने २४ वर्षीय मान बहादुर भुजेल रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग।१ ख ९३११ नम्बरको बसमा सवार गुरुङको साथबाट १ सय ५२ ग्राम र ग.१ ख ३८४६ नम्बरको बसमा सवार भुजेलको साथबाट १ सय ६२ ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ३५ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो