स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो | Khabarhub Khabarhub

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा कायम बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन् ।

उनका अनुसार बहिरङ्ग सेवा रु ५० र इमर्जेन्सी सेवाबापतको शुल्क रु एक सय कायम गर्ने निर्णय गरिएको छ । बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेबाट लागू गरिने उनले बताइन् । यसअघि बहिरङ्ग सेवा शुल्क रु सय र इमर्जेन्सी सेवा शुल्क रु चार सय रहेको थियो ।

यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी कँडेलले नियमित रुपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताइन् ।

पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरेपछि रु एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार पाँच सय १५ वीमितले नवीकरण गर्ने गरेका छन् ।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ । यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई÷दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ३१ बजे

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर