इसरो : एकपछि अर्को सफलता चुम्दै भारतको अन्तरिक्ष अनुसन्धान संगठन « Khabarhub

इसरो : एकपछि अर्को सफलता चुम्दै भारतको अन्तरिक्ष अनुसन्धान संगठन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै भारतको चन्द्र अभियान चन्द्रयान ३ र सौर्य अभियान आदित्यको सफलता कुनै संयोग होइन । भारतले दशकौँको योजना, प्राविधिक विकास र हजारौँ इन्जिनियर तथा वैज्ञानिकहरुको लगावको प्रतिफल पाएको हो । यी अन्तरिक्ष अभियान भारतको नवप्रवर्तन र महत्वकांक्षाको प्रतिक पनि हुन् । चन्द्रमामा चन्द्रयान ३ को अवतरणदेखि सूर्य अभियानमा आदित्यको सफलताले भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ ।

अन्तरिक्ष अभियानलाई लिएर आम भारतीयहरु पनि उत्तिकै उत्साहित देखिएका छन् । सतिश धवन अन्तरिक्ष केन्द्रबाट हुने उडानले पाकिस्तानविरुद्धको क्रिकेट म्याचजस्तै राष्ट्रिय महत्व नै पाउने गरेको छ । इसरोको पहलबाट देखा परेको प्रभाव वैज्ञानिक खोज अनुसन्धानमा मात्रै सीमित छैन । मोबाइल सञ्चारको विस्तारदेखि डाइरेक्ट टू होम (डीटीएच) टेलिभिजन र परिष्कृत मौसम पूर्वानुमानमा समेत इसरोको भूमिका छ ।

भारतको अन्तरिक्ष कार्यक्रम शीतयुद्धका बेला अन्तरिक्ष दौडमा रहेका मुलुकहरुको जस्तो महत्वकांक्षी छैन । भारतीय अन्तरिक्ष कार्यक्रम विशिष्ट दर्शनबाट सञ्चालित छ । शीतयुद्धका बेला अमेरिका र सोभियत संघले अन्तरिक्षयानलाई ब्यालेस्टिक क्षेप्यास्त्रकै परिष्कृत प्रविधिको रुपमा लिएका थिए । तर, भारतले भने अन्तरिक्ष अभियानको उपयोगितालाई प्रमुख प्राथमिकता दिने गरेको छ ।

इतिहासमा जाने हो भने भारतको पहिलो यान साइकलको क्यारिअरमा राखेर प्रक्षेपण केन्द्रतर्फ लगिएको थियो । त्यसपछिका यान भने बैलगाडामा राखेर प्रक्षेपण केन्द्र पु¥याइएको थियो । अहिले भने भारतीय अन्तरिक्ष कार्यक्रमले एकपछि अर्को सफलता पाइरहेको छ । यसबाट भारतीय अन्तरिक्ष कार्यक्रमको संघर्ष र प्रतिफल अझ स्पष्ट हुन्छ । सीमित स्रोत र साधनका बावजुद इसरोले हलिउड चलचित्रको बजेटभन्दा कम खर्चमा मंगलयान र चन्द्रयानजस्ता अभियान सञ्चालन गर्दै आएको छ । माइक्रोसफ्ट र एप्पलको सुरुवात ग्यारेजबाट भएजस्तै इसरोको स्थापना पनि एउटा सानो प्रयोगशालाबाट भएको हो । स्थापनाको केबल ५ दशकमा इसरोले आफूलाई किफायती र प्रभावशाली अन्तरिक्ष संस्थाका रुपमा स्थापित गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ३९ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै