अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

अबको मुद्दा राजनीतिक स्थायित्व : वरिष्ठ उपाध्यक्ष पोखरेल


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि हुने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुपर्ने र त्यसकै लागि पार्टीले मिसन–२०८४ अघि सारेको बताए । उनले एमालेले प्राप्त गरेको उचाइ गौरव गर्न सकिने रहेको र त्यस उचाइसँगै चुनौती पनि थपिएको उल्लेख गरे । उनले ती चुनौतीको सामना गरेर अगाडि बढ्ने सामथ्र्य एमालेमा रहेको बताए । उनले पार्टी राष्ट्रिय शक्तिलाई गोलबन्द गरेर राष्ट्रिय शक्तिको केन्द्र बन्ने बताए।

जनतालाई सेवा प्रवाह, रोजगारी, स्वरोजगारी र सीप सिकाउने कुरा एमालेका मुद्दा भएको भन्दै उनले सेवा प्रवाह गर्ने कुरामा पेसागत क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुँदा एमाले सम्बद्ध सबैले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रभावकारी सेवा प्रवाहबाट मात्र जनतामा सिर्जना भइरहेको निराशा रोकेर आशामा बदल्न सकिने बताए । पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन मध्यपहाडी लोकमार्गमा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नाराका साथ समृद्धि यात्रा सम्पन्न गरिएको स्पष्ट गर्दै पार्टी सङ्गठन, कमिटीका जनसम्बन्ध विस्तारका योजना हुनुपर्नेमा उनले जोड दिए ।

उनले विशेष जिल्ला कमिटीको भूमिका भूगोलका कमिटीको जस्तो नभई विशेष नै रहेको बताउँदै भौगोलिक क्षेत्रको राजनीतिक प्रतिस्पर्धामा विजय प्राप्त गर्न भूगोलका कमिटीको पूरकका रूपमा भूमिका निर्वाह गर्नु पर्ने बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २७ बजे

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६