युक्रेनले बन्दी बनाएका विकास राईको बयान : ‘रुसी सेनामा भर्ती भएर तपाईँको सपना पुरा हुनेवाला छैन’ « Khabarhub

युक्रेनले बन्दी बनाएका विकास राईको बयान : ‘रुसी सेनामा भर्ती भएर तपाईँको सपना पुरा हुनेवाला छैन’

जो टिकटकमा भिडियो हेरेर भिजिट भिसामा रुस पुगेका थिए


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक गरेको छ। दलालको प्रलोभनमा परेर राम्रो कमाइ गर्ने र परिवार पाल्ने सपना बोकेर रुसी सैनिकमा भर्ना हुन पुगेका र युद्धकैक्रममा युक्रेनले नियन्त्रणमा लिएका पाँच नेपाली सार्वजनिक भएका हुन्।

युक्रेनले पाँच नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ रुसी सैनिक सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले जनाएको छ। सार्वजनिक गरेपछि युक्रेन मिडिया सेन्टरमा उनीहरुलाई बोल्ने अवसर दिइएको थियो।

युक्रेनले सार्वजनिक गरेपछि मिडिया सेन्टरमा बोल्दै मोरङको लेटाङका विकास राईले नेपाली युवालाई रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन्। रुसी सेनामा भर्ती भएर कसैको सपना पुरा नहुनेसमेत उनले प्रष्ट पारेका छन्।

‘म सबै नेपाली युवालाई रुसी सेनामा भर्ती नहुन अनुरोध गर्छु’, विकास राईले भनेका छन्, ‘त्यहाँ तपाईँहरूको सपना पुरा हुनेवाला छैन।’

उनले टिकटकमा भिडियो हेरेर रुस जाने निर्णय लिएको खुलासा गरेका छन्। उनले युद्धको अग्र मोर्चामा जानु नपर्ने सुनेपछि आफू रुसी सेनामा भर्ती हुन भ्रमण भिसामा रुस पुगेकोसमेत प्रष्ट पारे।

युक्रेनको मिडिया सेन्टरमा राईले भनेका छन्, ‘टिकटकमा भिडिओ देखेर मैले उनीहरूलाई भर्ती हुने प्रक्रियाबारे सोधेँ। उनीहरूले युद्धको अग्रमोर्चामा जानु नपर्ने राम्रो कुरा सुनाए। उनीहरुले सबै प्रक्रिया सुनाएपछि म पर्यटक भिसामा रुस पुगेर सेनामा भर्ती भएँ।’

रुस पुगेपछि सबै प्रक्रिया मिल्छ भनेपछि आफू पर्यटक भिसाको प्रयोग गरेर त्यहाँ पुगेको उनले बताएका हुन्। उनले मिडिया सेन्टरमा मानिसले युद्ध नचाहने तर नेपालको अवस्था पनि अप्ठेरो भएकाले रुस पुगेको उल्लेख गरेका छन्।

“मानिसहरू युद्धमा जान चाहँदैनन् तर नेपालमा अवस्था निकै अप्ठ्यारो छ,” राईले अगाडि भनेका छन्। युक्रेनले पाँच नेपालीसहित विभिन्न देशका आठ युद्धबन्दी सार्वजनिक गरेको हो।

पाँच नेपालीसहित युक्रेनले सार्वजनिक गरेका आठ युद्धबन्दी ।

सार्वजनिक हुने नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन्। अर्का एक नेपालीको पहिचान नखुलेको बिबिसीले प्रकाशित गरेको समाचारमा लेखिएको छ। सबै युद्धबन्दीलाई युक्रेनले सैन्य पोसाकमै सार्वजनिक गरेको हो।

समाचार संस्था रोयटर्सले युक्रेनले सार्वजनिक गरेका अन्य युद्धबन्दी सोमालिय, क्युवा र सेरेआलियोनका भएको उल्लेख गरेको छ।

विकास राईसँगै सार्वजनिक भएका अर्का नेपाली बर्दियाका विवेक खत्रीले साथीको कुरा सुनेर सेनामा भर्ती भएको बताएका छन्। एक वर्षदेखि रुसमा रहेका उनले साथीले राम्रो हुन्छ भनेपछि सेनामा भर्ती भएको खुलाएका हुन्।

युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले नेपाल सहितका देशलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न अनुरोध गरेको छ। यो विषयमा परराष्ट्र मन्त्रालयले भने कुनै धारणा सार्वजनिक गरेको छैन। –बिबिसीको सहयोगमा तयार सामग्री

याे पनि…

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ४१ बजे

प्रतिनिधिसभामा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै (लाइभ)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्

प्रदेशसभा बैठक: नीति तथा कार्यक्रममा छलफल

मकवानपुर– बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

पहिलो पटक संसद्को रोस्ट्रममा उभिए प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद्को रोस्ट्रममा उभिएका छन्

कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू)

काठमाडौं– तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत

‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’

वाशिंगटन- गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न