बाबुरामले बोलाए कार्यकारिणी समितिको आकस्मिक बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्ने तयारी « Khabarhub

बाबुरामले बोलाए कार्यकारिणी समितिको आकस्मिक बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्ने तयारी


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिकाे आकस्मिक बैठक आज बस्दैछ ।

महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक बैठक बोलाएका हुन् । जसअनुसार आज कार्यकारिणी र मंगलबार केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ ।

महिन्द्रराय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ ।

शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।

अध्यक्ष भट्टराईले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुवैजनालाई कारबाही गर्ने बुझिएको छ । पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरेपछि भट्टराई आक्रोशित भएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : २० बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने