सुन काण्डमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

सुन काण्डमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सो निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् ।

सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको बुझिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ४७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३०

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन २८ गते बुधबार फागुन