रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण « Khabarhub

रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुमपश्चिमका दुई हजार एक सय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । जिल्लाका छमध्ये पाँच स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो ।

जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा एक हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा एक सय आठ भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमि आयोगका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार चौरजहारी नगरपालिकामा चार सय ९६ तथा सानीभेरीमा तीन सय २४ र बाँफीकोट गाउँपालिकामा एक सय ९६ लाई निस्सा वितरण गरिएको छ । मुसीकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहको लगत सङ्कलन भई डाटाइन्ट्री सम्पन्न भइसकेको आयोगका भूमि विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए । उनका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्बासीलाई सात दिन र अव्यवस्थित बसोबासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानबिन भइरहेको छ ।

त्यस्तै वडास्तरबाट भूमिहीनका लागि उपलब्ध गराउने जग्गाको छनोट तथा व्यस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ ।

जिल्लामा अब भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने, जग्गा नाप जाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको विज्ञ सदस्य विष्टले बताए । भूमिहीनलाई निस्सा वितरणसँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधालगायत अन्य सेवा लिनसमेत सहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : ३२ बजे

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको