'सिड्नी ब्लुज'को ७० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने  | Khabarhub Khabarhub

‘सिड्नी ब्लुज’को ७० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने 


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का पक्का भएका छन् । शुक्रबार निर्माण पक्ष र पुष्पले सम्झौता गरेका छन् ।

यो चलचित्रमा पुष्पसँगै अञ्जना बराइली, रवीन्द्र झा लगायतको प्रमुख भूमिका रहने छ । असार दोस्रो हप्तापछि छायांकनमा निस्कने निर्माण पक्षले जनाएको छ ।

‘सिड्नी ब्लुज’ देशको सम्भावनालाई बेवास्ता गरी बिदेसिएका युवाहरूको कथा आधारित फिल्म भएको निर्देशक कार्कीले खुलाएका छन् । उनी भन्छन्, ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु ।’

निर्माण पक्षका अनुसार फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ ।  चलचित्रमा चार भिन्न लुक्स र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने अभिनेता पुष्पले जानकारी दिए ।

चलचित्रको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् । आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो चलचित्रको  निर्माता आरती शाही हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ३३ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले