दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति « Khabarhub

दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन प्रकरण तथा सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई जिल्ला अदालत रुपेन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला अदालत रुपेन्देहीका सुचना अधिकारी अनन्तराज मरासिनीका अनुसार प्रहरीले आइतबार संगठित अपराधसम्बन्धी कसुरमा पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो ।

मरासिनीले भने, ‘पुन शुक्रबार पक्राउ पर्नुभएको छ । अनुसन्धान गर्न प्रहरीले आजबाट ६ दिनको म्याद पाएको हो ।’

पुनमाथि रुपन्देहीस्थित सुप्रिम सहकारी तथा बचत ऋण सहकारी संस्थाको ७८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टकाअनुसार यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश भट्ट र कर्मचारी दुर्गा चापागाईं पक्राउ परेका छन् ।

पुनलाई शुक्रबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी रुपन्देही लगेको थियो ।

याे पनि…

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ०५ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको