आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल १७ तारिख। चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : अधिकारका लागि लडाइँ गर्नुपर्ने दिन छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने देखिन्छ।

वृष : दाम्पत्य सुखमा दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्दा सचेत भएर काम गर्नुपर्ने छ।

मिथुन : यात्रा रमाइलो र सुखद् हुनेछ। माया मारेको धन हात लाग्ने दिन छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ।

कर्कट : नयाँ अवसर प्राप्त हुने दिन छ। आफन्त र साथीले सहयोग गर्नेछन्। गुरुको माया पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : राजनीति क्षेत्रमा प्रवेश नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : सुखद् यात्राको योग रहेको छ। दिनभर मन खुशी हुनेछ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध रोमान्टिक बन्नेछ।

तुला : सोचेको काम बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।

वृश्चिक : लगानीका क्षेत्र सबल छन्। निर्णय गर्ने समय आएकाले डराउनु हुँदैन। ठूलो काममा हात लगाउन हिम्मत गरेको राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : यात्रा कठिन हुने दिन छ। आफन्तसँग छुट्नु पर्दाको पीडाले मन अशान्त हुनेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। परिवारको साथ र माया मिल्नेछ।

मकर : यात्रा लाभदायी बन्नेछ। नबोल्दा हुने ठाउँमा बोल्न बाध्य हुनुपर्ने हुनसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

कुम्भ : यात्रा रमाइलो हुनेछ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : १० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित