एक सय ५० किलो गाँजासहित सात जना पक्राउ | Khabarhub Khabarhub

एक सय ५० किलो गाँजासहित सात जना पक्राउ


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  मनहरी गाउँपालिका-४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैधलागूऔषध गाँजा १ सय ५० किलोसहित सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका-३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका-३ हाँडी खोला बस्ने ४४ वर्षीय रामहरि लुइँटेल र सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : २८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास