कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ? | Khabarhub Khabarhub

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

संसदमा प्रधानमन्त्रीले किन लिँदैछन् जेठ ७ मै विश्वासको मत ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता केपी शर्मा ओलीले उभिएर कांग्रेस सांसदविरुद्ध आक्रोश पोखे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने भने मौन बसे ।

तर, स‌ंसदमा मौन बसेका प्रधानमन्त्री दाहालले बाहिर निस्केपछि कांग्रेसलाई काउन्टर गर्न विहीबार नै अर्को योजना बनाए– जेठ ७ गते संसदमा विश्वासको मत लिने ।

आखिर प्रधानमन्त्री दाहालले किन हठात् संसदमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा पठाए ? शुक्रबार बिहान नेपाली कांग्रेस संसदीय दलको बैठकमा यो विषय विश्लेषणको विषय बनेको छ ।

नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर चल्नै नदिएका बेला जेठ ७ गते नै विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री दाहाललाई त्यस्तो जरुरी के पर्‍यो ? यो अहिले खुल्दुलीको विषय बनेको छ ।

नेपाली कांग्रेसका एक नेताले खबरहबसँग भने, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह सरकारबाट यसै साता बाहिरिएको हो । बजेट आइसकेपछि पनि लिँदा हुने विश्वासको मत लिन संसद अवरुद्ध भएकै बेला किन यति हतारो गरियो, बुझन् सकिएको छैन ।’

संसदमा विवाद बढ्दै गएका बेला प्रधानमन्त्री दाहालले आफूसँग विश्वास छ भनेर देखाउन खोजेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव आएपछि अब एकीकृत समाजवादीलाई सरकारको समर्थनमा मतदान गर्ने कि बाहिरिने भन्ने दबाव पर्ने छ । फुटेको जसपालाई सर्वोच्च अदालतले मान्यता नै नदिए पनि दुईतिर मतविभाजन रेकर्डमा रहनेछ ।

खासमा प्रधानमन्त्रीको यो प्रस्तावले दलहरुवीच थप ध्रुवीकरण बढाउने देखिन्छ । तथापि संविधानले प्रधानमन्त्रीलाई जुनसुकै बेला विश्वासको मत लिन सक्ने अधिकार दिएको छ ।

संविधानले के भन्छ ?

संविधानको धारा १०० अनुसार प्रधानमन्त्रीले जुनसुकै बेला संसदबाट विश्वासको मत लिन सक्नेछन् । त्यस्तै सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीमाथि विश्वास छैन भनी अविश्वासको प्रस्ताव राख्नका लागि भने प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म पाइँदैन । त्यस्तै, एकपटक अविश्वासको प्रस्ताव दर्ता गरेको एक वर्षभित्र अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने संविधानको धारा १०० (४) मा व्यवस्था छ ।

आजको बैठकको कार्यसूची के छ ?

यसैवीच, विहीबार संसदमा भएको हंगामापछि सत्तापक्ष र प्रतिपक्षको दुरी थप बढेको छ । यही विवादका वीचमा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकमा कसरी प्रस्तुत हुने भन्ने नीति तय गर्न कांग्रेसले शुक्रबार बिहानै संसदीय दलको बैठक बोलाएको छ ।

याे पनि-

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

कांग्रेसले भन्यो : सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ

गृहमन्त्रीलाई बाटो छाडेकी उपसभामुखको आशनअगाडि जब धनराज उभिए…

कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरको फाइल नखोली संसदीय समिति बन्दैन

संसद सचिवालयका अनुसार शुक्रबारको प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट आएको पत्र पढेर सुनाउने, राष्ट्रपतिले गरेको सम्वोधन (सरकारको नीति तथा कार्यक्रम) टेबल गर्ने र राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएका छन् ।

आजको बैठकमा उद्योगमन्त्री दामोदर भण्डारीका तर्फबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ । त्यस्तै उर्जामन्त्री शक्तिबहादुर बस्नेतले पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सभामुखले विहीबार गृहमन्त्रीलाई संसदमा बोल्न समय दिएका थिए । शुक्रबारको कार्यसूचीमा भने रविले बोल्ने विषय समावेश छैन ।

हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ९ : १२ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको