सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा « Khabarhub

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ ।

गएराती सम्पन्न गुजरात टाइटन्सविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।

योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स प्लेअफमा पुगिसकेका छन् । अब प्लेअफको एक स्थानका लागि चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवैबीच शनिबार खेल हुँदै छ ।

त्यस्तै गुजरात टाइटन्सले भने पछिल्ला दुई खेल वर्षाले रद्द भएसँगै १४ खेलमा १२ अंक बटुलेर यो सिजन सकाएको छ । गुजरात यसअघिको सिजनमा उपविजेता र २०२२ मा विजेता बनेको थियो ।

 

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ९ : २१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको