कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने | Khabarhub Khabarhub

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले विहीबार संसदमा उत्पन्न भएको तनावको जवाफदेही सभामुख देवराज घिमिरे रहेको निष्कर्ष निकालेको छ । साथै कांग्रेसले संसदमा रहेका सबै विपक्षी पार्टीहरुसँग संयुक्त बैठक बस्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै सभापति शेरबहादुर देउवाको कार्यकक्षमा अहिले विपक्षी दलहरुको संयुक्त बैठक शुरु भएको छ ।

संयुक्त बैठकमा कांग्रेस, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी लगायतको सहभागिता छ ।

संसदीय दलको बैठकबारे जानकारी दिँदै कांग्रेसका एक सांसदले खबरहबसँग भने,‘रवि लामिछानेलाई संसदमा बोल्न दिन्छौं भनेर हामीले पहिले देखि नै भन्दै आएको कुरा हो । तर, उनले बोलेपछि हामीले बोल्न पाउनुपर्छ ।’

यो पनि-

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

विहीबार संसदमा जुन किसिमको तनावको स्थिति उत्पन्न भयो, त्यसमा सभामुख नै मुख्य जिम्मेवार रहेको कांग्रेसले निष्कर्ष निकालेको बताउँदै कांग्रेसका एक सांसदले भने, ‘सभामुखको भूमिकाबारे विपक्षी बेञ्चमा रहेका पार्टीहरुसँग छलफल हुनेछ र हामीले साझा रुपमा त्यसको प्रतिवाद गर्नेछौं ।’

सहकारीमा भएको ठगीबारे संसदीय छानविन समिति बन्नुपर्नेमा सबै विपक्षी दलको एउटै आवाज रहेको कांग्रेसका ती नेताले दाबी गरे ।

यो पनि-

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : ०१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय