घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा « Khabarhub

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा दिने व्यवस्थामा पुनरावलोकन योजना ल्याएको छ ।

राष्ट्र बैंकले घर र गाडी खरिद गर्नका लागि केन्द्रीय बैंकले सजिलो नीति अख्तियार गर्ने भएको छ ।

मौद्रिक नीति समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले घरजग्गा खरिद प्रयोजनमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरेको छ । त्यसका लागि कर चुक्ता प्रमाण पेस गरेपछि ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने पनि मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

यो व्यवस्था लागू भएपछि  ऋण लिएर घरजग्गा किन्नेले आम्दानीको ७० प्रतिशतसम्म बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीमा प्रयोग गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : ५८ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच