घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा | Khabarhub Khabarhub

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा दिने व्यवस्थामा पुनरावलोकन योजना ल्याएको छ ।

राष्ट्र बैंकले घर र गाडी खरिद गर्नका लागि केन्द्रीय बैंकले सजिलो नीति अख्तियार गर्ने भएको छ ।

मौद्रिक नीति समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले घरजग्गा खरिद प्रयोजनमा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरेको छ । त्यसका लागि कर चुक्ता प्रमाण पेस गरेपछि ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने पनि मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

यो व्यवस्था लागू भएपछि  ऋण लिएर घरजग्गा किन्नेले आम्दानीको ७० प्रतिशतसम्म बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीमा प्रयोग गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ११ : ५८ बजे

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

काठमाडौं– सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानवापतको करिब ७५

सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

काठमाडौँ – सरकारले नेपालमा सूचीकरण नभएका विद्युतीय सामाजिक सञ्जाललाई आजदेखि

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशत छुट 

काठमाडौं– एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूले बुटवल हस्पिटलबाट प्राप्त गर्ने

सांसद श्रेष्ठको व्यङ्ग : भ्रष्टाचार, अत्याचार बन्द हुन्छ भन्ठानेको, सामाजिक सञ्जाल पो बन्द हुन लागेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले दर्ता नभएका सामाजिक

कन्य च्याउको बिउ उत्पादन गरिँदै

चितवन– व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन