चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने « Khabarhub

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु आर्थिक वर्षमा सेवा क्षेत्रको समग्र वृद्धि ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ ।

सेवा क्षेत्रतर्फ यातायात तथा भण्डारण उपक्षेत्रको वृद्धिदर उच्च रहने एवम् थोक तथा खुद्रा व्यापार लगायत सवारी क्षेत्रको वृद्धिमा समेत सुधार भएको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ ।

पछिल्लो समय कोभिड पूर्व भन्दा पर्यटक आगमन संख्यामा उल्लेख्य विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

‘सन् २०२४ को चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै एक लाख थप पर्यटक भित्रिएका छन्’, राष्ट्र बैंकले समीक्षामा भनेको छ, ‘यसबाट रोजगारी र आयआर्जनमा टेवा पुग्ने र निर्माणाधीन एवम् निर्माण गर्ने योजनामा रहेका होटललगायत पर्यटन क्षेत्रमा लगानी बढ्ने देखिएको छ ।’

भ्रमण आयसमेत उल्लेख्य बढ्दै गएकोले आउँदा दिनमा आर्थिक गतिविधि चलायमान बनाउन पर्यटन क्षेत्रको योगदान बढ्ने देखिएको राष्ट्र बैकले बताएको छ ।

याे पनि…
मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ३ : ३६ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,