इप्पानको २२ औँ एजीएम सम्पन्न, भवन निर्माण कोष खडा  | Khabarhub Khabarhub

इप्पानको २२ औँ एजीएम सम्पन्न, भवन निर्माण कोष खडा 


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा इप्पानले साधारण सभा सम्पन्न गरेको हो ।

सधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । दाहालले ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्ने आग्रह गरेका थिए ।  ऊर्जा व्यावसायीकालागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

सभासँगै इप्पानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ ।  खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई थिंक ट्यांकको रूपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो ।

साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए ।

इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्य समितिबाट दुवै कोषमा सहायता संकलन गर्नुका साथै सबै ऊर्जा प्रवर्द्धक कम्पनीहरूबाट सहायता लिएर अध्ययन अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए ।

उनका अनुसार, इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकोले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरू संस्थागत रूपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।

तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरूबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ ।

इप्पानले ऊर्जा क्षेत्रले,  सामाजिक, कुल ग्राहस्थ उत्पादन (जीडीपी), बैंक तथा वित्तीय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सृजनामा पुर्‍याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था,  निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूमा देखिएका समस्याहरूको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरू प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ ।

शुक्रबार मात्र घोषणा गरिएको कोषमा इप्पानको २२ औं वार्षिक साधारणसभामा सम्मानित भएका पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योति सम्मान बापत पाएको एक लाख रुपैयाँमा थप एक लाखसहित दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसै गरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसै गरी पाँच वर्षभित्र आफ्नै जग्गा खरिद  गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए ।

‘संस्स्थाको सदस्य संख्या ऊर्जा क्षेत्रमा भएको महत्त्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी संस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यकता रहेकोले कोष स्थापना गरेका हौ’ उनले भने ।

भवन निर्माणका लागि यस अघि इप्पान पूर्व अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ ।

भवन निर्माणका लागि शुक्रवारको वार्षिक साधारणसभामा इप्पान सदस्य कूबेरमणि नेपालले आफ्नो जलविद्युत कम्पनीबाट २ लाख, नवीन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत कम्पनीबाट दुई लाख र इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ भवन निर्माणको लागि सहयोगको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ०६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि