पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु « Khabarhub

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ ।

पूर्वी एसियामा पहिलो पटक आयोजना भएको र पेरिस २०२४ प्याराओलम्पिक खेलकुदका लागि महत्त्वपूर्ण क्वालिफायर, प्यारा–एथलेटिक्स इभेन्टले एक सय ६८ स्पर्धामा प्रतिस्पर्धा गर्न एक सय देश र क्षेत्रका एक हजारभन्दा बढी खेलाडीलाई आकर्षित गरेको छ ।

ह्योगो प्रिफेक्चरका गभर्नर मोतोहिको साइतोले शुक्रबार उद्घाटन समारोहमा भने, “विश्वका उत्कृष्ट पारा–एथलिटहरू कार्यमा देख्नु विश्वभरका मानिसका लागि ठूलो उत्साह र प्रेरणा ल्याउने छ ।”

उक्त समारोहमा विश्व पारा एथलेटिक्सका प्रमुख पल फिट्जगेराल्डले पनि आफ्नो शक्ति, सीप र दृढ सङ्कल्प प्रदर्शन गर्ने र प्रत्येक दिन व्यक्तिगत उत्कृष्टता हासिल गर्ने प्रयास गर्ने खेलाडीहरूलाई सम्मान गरेको बताए।

कूल ७३ चिनियाँ पारा–एथलिटमध्ये धेरै बहु–इभेन्टरहरू छन् । च्याम्पियनसिपको ११ औँ संस्करण सन् २०२१ को मूल निर्धारित वर्षबाट कोभिड–१९ महामारीको कारण दुई पटक स्थगितपछि युनिभर्सियड मेमोरियल स्टेडियममा मे २५ सम्म चल्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : १४ बजे

म्याग्दीको नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर,

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी– न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

आज २०८३ साल मङ्सिर १० गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६