संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने | Khabarhub Khabarhub

संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक-सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको थियो । हाल संसद् सचिवालयमा ३९० कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : १० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित