दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै महिला | Khabarhub Khabarhub

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै महिला


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न छन् । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आएकी हुन् ।

पाँच प्रकारका दुनाटपरी उनले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आएकी छन् । उनले उत्पादन गरेका दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन् ।

गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उनलाई नै दिइने गरिन्छ ।

उनले यसैमार्फत मासिक रु पाँच हजारदेखि रु १० हजारसम्म कमाई गर्दै आएकी छन् । विवाह लगायतको याममा एकै महिनामा रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको उनी बताउँछिन् ।

‘एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा सहभागी हुँदा दुनाटपरी बेचेर पनि कति नै कमाई होला भनेर पहिला सोच्ने गर्दथे’, उनले भने, ‘दातृनिकायले मेसिन अनुदान दिएर महिलाको समूह बनाइदियो, केही दिन समूहका महिलासँग कार्य गरे, सुरुसुरुमा थोरै कमाई हुँदा आबद्ध महिलाले साथ छाडे ।’

त्यसपछि एक्लैले कामलाई निरन्तरता दिँदा ठाउँठाउँमा चिनजान बढेसँग दुनाटपरीको माग आउन थाल्यो । अहिले नसोचेको कमाइ हुँदा आफैँ दङ्ग पर्ने गरेको उनी बताउँछिन ।

उनले भनिन् ‘पढेलेखेको थिइन्अ । धिकांश समय मेलापात र घरकै भान्साको काममा व्यस्त हुन्थे, आफूलाई आवश्यकता परेका बेला श्रीमान्कै मुख ताक्नु पर्दथ्यो ।’

गाउँमै दुनाटपरी बनाउने तालिम आएपछि सहभागी भए सीप सिकेपछि अहिले त्यसैबाट घर खर्च चल्न थालेको उनले सुनाइन् । उनले भनिन्, ‘पहिला श्रीमान्बाट पैसा माग्थेँ, अहिले पैसा नभएका बेला श्रीमान्ले माग्नुहुन्छ , परनिर्भरता भएर बस्नुपरेको छैन ।’

सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उनी सुनाउँछिन् । रुख चढेर सालका पात टिप्न नसक्ने भएकाले उनले अरुले टिपेका पात किनेर दुनाटपरी बनाउँछिन्।

देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा रु दुई सयदेखि रु तीन सयमा खरिद गछिन्। उनले सानो दुनाटपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि रु दुई र ठूलो रु पाँच प्रतिगोटाका हिसाबले बेच्ने गरेकी छन्। एक सय वटा दुनाटपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उनी बताउँ छिन् ।

उनी जस्तै कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हिरा घर्तीमगरले पनि दुनाटपरी बनाउने उद्योग नै खोलेर उद्यम गर्दै आएकी छन् । उद्योगमा उनले चार जनालाई रोजगारी पनि दिएकी छन् । उनको दुनाटपरी उद्योगको वार्षिक आम्दानी रु तीन लाख ५० हजारदेखि रु पाँच लाखसम्म हुने गरेको छ ।

पाँच वर्षअघि घर्तीले रु ५० हजार लगानीमा मेसिन खरिद गरी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका हुन्। ‘काम सानो र ठूलो हुँदैन । सानै काम गरे पनि जीवन सहजरुपमा चलाउन सकिन्छ, त्यसका लागि लगनशीलता आवश्यक पर्छ’ उनले भनिन् ।

हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुनाटपरीको आवश्यकता पर्ने उनी बताउँछिन् । दुनाटपरी स्थानीय अत्तरिया, धनगढी, महेन्द्रनगरलगायत बजारमा मात्रै नभएर डडेल्धुरा, डोटीको दीपायल, कास्कीको पोखराबाट माग आउने गरेको छ । दैनिक दुई हजार दुनाटपरी उनको उद्योगबाट उत्पादन हुने गरेको छ ।

यस वर्ष वन क्षेत्रमा अधिक डढेलो लाग्दा मागअनुसार पातको आपूर्ति गर्न नसक्दा उत्पादन थोरै हुँदा आम्दानी घटेको उनको भनाइ छ ।दुनाटपरीको उद्योग सञ्चालनसँगै घर्तीले माग भएका ठाउँमा प्रशिक्षक भएर दुनाटपरी बनाउने तालिममा प्रशिक्षण दिने काम गर्दै आएकी छन् ।

शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढावा दिनुपर्ने बताउँछन् ।

‘दुनाटपरीको प्रयोगलाई बढावा दिन जनचेतनाको खाँचो छ । दुनाटपरी एकपटकका लागि प्रयोगमा ल्याइने भएकाले सङ्क्रामक रोगबाट बच्न सकिन्छ, त्योसँगै होटेललगायतका व्यवसायमा संलग्नले दुनाटपरीको प्रयोगलाई बढावा दिए भाँडाकुँडा धुनका लागि कामदार राखिरहनु पर्दैन’ उनले भने ।

शुक्लाफाँटा नगरपालिका–७ का अध्यक्ष चक्रबहादुर खड्का दुनाटपरी बनाउने तालिम सञ्चालन गरी आर्थिकरुपमा विपन्न परिवारको जीवनस्तर माथि उठाई स्वरोजगार बनाउनका लागि काम अगाडि बढाएको बताउँछन् ।

‘दुनाटपरी सीपमूलक तालिम सञ्चालन गरी विपन्न परिवार, महिला, दलित, जनजाति, युवालाई स्वरोजगारमा संलग्न गराउने योजना छ’ उनले भने, ‘त्यसका लागि वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गरिरहेका छौँ, केहीलाई चालु आवमा तालिममा सहभागी गराएका छौँ, बाँकीलाई आगामी आवको तालिममा संलग्न गराई अनुदानमा मेसिनको व्यवस्था गरी दुनाटपरी उद्योगमा आबद्ध गराउँछौँ ।’

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : २७ बजे

प्रभु बैंक र मुस्ताङका होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता 

काठमाडौं– प्रभु बैंकका कर्मचारीहरू तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ

काठमाडौं- स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल

यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिइनेजस्ता अमानवीय तथा

अर्थसंक्षेप : संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिनदेखि लुम्बिनीको बजेट पारितसम्म

काठमाडौं– क्यानको अनुमति बिना नेपाल वायुसेवा निगमको जहाज मर्मतको लागि

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि