भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता « Khabarhub

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ ।

विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए ।

उनले भने, ‘भिजिट भिसा देखाएर श्रम (कामदार)का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ । आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन ।’

संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : ३४ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका