भेटमा खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह « Khabarhub

भेटमा खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाइ दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् ।

उनले शुभेच्छुकहरूलाई सकेसम्म मेसेन्जरमार्फत सन्देश पठाउन र भेटघाटमा खादा/मालाको प्रयोग नगर्न अनुरोध गरेका हुन् ।

विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शुभकामना र बधाइका लागि व्यक्तिगत रूपमा भेट्नु भन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समय समेत बचत हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘शुभ प्रभात ! विभिन्न विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।