न्यूरोडमा फुटपाथ निर्माण : भत्काइयो, पुरियो, फेरि भत्काइयो (तस्बिरहरू) | Khabarhub Khabarhub

न्यूरोडमा फुटपाथ निर्माण : भत्काइयो, पुरियो, फेरि भत्काइयो (तस्बिरहरू)



काठमाडौं-  पाटन उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा सडकपेटी (फुटपाथ) फराकिलो बनाउने कामलाई फेरि अघि बढाएको छ ।

महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारलाई बुधबार बिहानैदेखि फेरि सुचारु गरेको हो ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो ।

सडकलाई पैदलयात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेपछि विवाद भएको थियो ।

यसपछि काम रोक्नका लागि जेठ १३ गते र १६ गते गरी २ वटा पत्र सडक विभागले महानगरलाई पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १२ : ५१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस