आर्थिक वर्षको अन्तिम महिनामा घट्यो घरजग्गा कारोबार « Khabarhub

आर्थिक वर्षको अन्तिम महिनामा घट्यो घरजग्गा कारोबार

जेठको तुलनामा असारमा १४ हजार बढी लिखत पारित कम


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आर्थिक वर्ष ०८०-८१ को अन्तिम महिनामा घरजग्गा कारोबार घट्न पुगेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको जेठ महिनाको तुलनामा असार महिनामा नेपालमा घरजग्गा कारोबारमा कमी आएको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा ४६ हजार १७९ वटा लिखत पारित भएको छ । जुन पारित सङ्ख्या जेठ महिनाको तुलनामा १५ हजारले कमी हो ।

जबकी सोही आवको जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गा र ३० वटा अपार्टमेन्टको लिखत पारित भएको थियो । त्यस्तै असार महिनामा ४६ सय ५० वटा नामसारी र ७१ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । 

असार महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ७२ करोड ४७ दुई सय २४ रुपैयाँ पुँजीगत लाभकर आर्जन गरेको छ भने रजिष्ट्रेसन दस्तुरबापत २ अर्ब ९५ करोड ५३ लाख १२ हजार ३४९ रुपैयाँ रकम संकलन गरेको छ ।

जेठ महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९३० पुँजीगत लाभकर आम्दानी गरेको थियो भने २ अर्ब ८१ करोड ९२ लाख ९७ हजार १२५ रुपैयाँ रजिष्ट्रेसन आम्दानी गरेको थियो ।

गत आवको असार महिनामा ४४ हजार ४८५ वटा घरजग्गाको लिखत पारित भएको थियो । जसबापत सरकारले १ अर्ब ५८ करोड ३६ लाख ८२ हजार ७५७ रुपैयाँ र रजिष्ट्रेसन शुल्कबापत २ अर्ब ६१ करोड ४१ लाख ५८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो ।

विभागका अनुसार गत आवको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । 

 त्यस्तै, सोही आवको मंसिर महिनामा ४१ हजार ८५१, पुस महिनामा ४५ हजार २७५, माघ महिनामा ५० हजार ९२१, फागुन महिनामा ५० हजार ९९८, चैत महिनामा ५० हजार २५२ र वैशाख महिनामा ४९ हजार ७८२ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

सरकारले गत आवमा भएको घरजग्गा कारोबारबापत साउन महिनामा १ अर्ब ३ करोड ३१ लाख ३२ हजार ७८६, भदौ महिनामा १ अर्ब ९ करोड २९ लाख ४६ हजार ४२९, असोज महिनामा १ अर्ब ५६ करोड ९५ लाख २ हजार ९०७ र कात्तिक महिनामा ७७ करोड ९ लाख १६ हजार २७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

त्यस्तै सरकारले गत आवकै मंसिर महिनामा ९६ करोड ४५ लाख ४ हजार ८९७, पुस महिनामा १ अर्ब १० करोड ९ लाख ४० हजार ८२, माघ महिनामा १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ र फागुन महिनामा १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व आम्दानी गरेको थियो ।

सरकारले सोही आवको चैत महिनामा १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १४२ र वैशाख महिनामा १ अर्ब ३९ करोड ९० लाख ८४ हजार ४३२ रुपैयाँ घरजग्गाका कारोबारबापत पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ०४ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।