आर्थिक वर्षको अन्तिम महिनामा घट्यो घरजग्गा कारोबार | Khabarhub Khabarhub

आर्थिक वर्षको अन्तिम महिनामा घट्यो घरजग्गा कारोबार

जेठको तुलनामा असारमा १४ हजार बढी लिखत पारित कम


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आर्थिक वर्ष ०८०-८१ को अन्तिम महिनामा घरजग्गा कारोबार घट्न पुगेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको जेठ महिनाको तुलनामा असार महिनामा नेपालमा घरजग्गा कारोबारमा कमी आएको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा ४६ हजार १७९ वटा लिखत पारित भएको छ । जुन पारित सङ्ख्या जेठ महिनाको तुलनामा १५ हजारले कमी हो ।

जबकी सोही आवको जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गा र ३० वटा अपार्टमेन्टको लिखत पारित भएको थियो । त्यस्तै असार महिनामा ४६ सय ५० वटा नामसारी र ७१ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । 

असार महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ७२ करोड ४७ दुई सय २४ रुपैयाँ पुँजीगत लाभकर आर्जन गरेको छ भने रजिष्ट्रेसन दस्तुरबापत २ अर्ब ९५ करोड ५३ लाख १२ हजार ३४९ रुपैयाँ रकम संकलन गरेको छ ।

जेठ महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९३० पुँजीगत लाभकर आम्दानी गरेको थियो भने २ अर्ब ८१ करोड ९२ लाख ९७ हजार १२५ रुपैयाँ रजिष्ट्रेसन आम्दानी गरेको थियो ।

गत आवको असार महिनामा ४४ हजार ४८५ वटा घरजग्गाको लिखत पारित भएको थियो । जसबापत सरकारले १ अर्ब ५८ करोड ३६ लाख ८२ हजार ७५७ रुपैयाँ र रजिष्ट्रेसन शुल्कबापत २ अर्ब ६१ करोड ४१ लाख ५८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो ।

विभागका अनुसार गत आवको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । 

 त्यस्तै, सोही आवको मंसिर महिनामा ४१ हजार ८५१, पुस महिनामा ४५ हजार २७५, माघ महिनामा ५० हजार ९२१, फागुन महिनामा ५० हजार ९९८, चैत महिनामा ५० हजार २५२ र वैशाख महिनामा ४९ हजार ७८२ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

सरकारले गत आवमा भएको घरजग्गा कारोबारबापत साउन महिनामा १ अर्ब ३ करोड ३१ लाख ३२ हजार ७८६, भदौ महिनामा १ अर्ब ९ करोड २९ लाख ४६ हजार ४२९, असोज महिनामा १ अर्ब ५६ करोड ९५ लाख २ हजार ९०७ र कात्तिक महिनामा ७७ करोड ९ लाख १६ हजार २७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

त्यस्तै सरकारले गत आवकै मंसिर महिनामा ९६ करोड ४५ लाख ४ हजार ८९७, पुस महिनामा १ अर्ब १० करोड ९ लाख ४० हजार ८२, माघ महिनामा १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ र फागुन महिनामा १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व आम्दानी गरेको थियो ।

सरकारले सोही आवको चैत महिनामा १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १४२ र वैशाख महिनामा १ अर्ब ३९ करोड ९० लाख ८४ हजार ४३२ रुपैयाँ घरजग्गाका कारोबारबापत पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ०४ बजे

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा – आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा

समयअगावै जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य 

काठमाडौं– समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने

काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं– सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर