पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख « Khabarhub

पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

सीजी फुडस्ले गरेको घोषणाअनुसार उक्त रकम आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहनस्वरुप हस्तान्तरण गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरुप प्रत्येक रनको १ हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार दिने घोषणा गरेको थियो ।

प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतक ५० हजार, प्रत्येक शतकको १ लाख रुपैयाँ दिने भनिएको थियो । त्यसका अतिरिक्त चौधरी समूहले १ लाख ५० हजार नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।

सुपर आठमा पुगेमा राष्ट्रिय टोलीलाई ३० लाख दिने घोषणा पनि चौधरी समूहले गरेको थियो । उक्त घोषणाअनुसार विश्वकपमा नेपाली टोलीको समग्र प्रदर्शनका आधारमा कुल रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार र छक्काको १ लाख ८ हजार रुपैयाँसहित जम्मा ९ लाख ४४ हजार र थप ५६ हजार हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : १८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न