वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त « Khabarhub

वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार पनि हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै असार ३० गते नै राजीनामा दिएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नियुक्त पोखरेलले ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजीनामा दिएका थिए।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए।

तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि राजीनामा दिएका थिए।

२०७८ असार २९ गते राजीनामा दिएका बडालले पहिलो कार्यकालमा करिब चार महिना मात्रै काम गर्न पाए ।

बडाल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन निर्माणमा सक्रिय एक सदस्य हुन् ।

एमालेबाट बडालसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेससँग सहमति जुटाउन भूमिका खेलेका थिए ।

गत असार १७ गते मध्यराति एकजना व्यापारीको निवासमा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति हुँदा बडाल पनि सहभागी थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ०८ बजे

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स