‘दलबाट होइन, पत्रकार महासंघभित्रै समाधान खोजिनुपर्छ’ « Khabarhub

‘दलबाट होइन, पत्रकार महासंघभित्रै समाधान खोजिनुपर्छ’


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार शिव गाउँलेले नेपाल पत्रकार महासंघको सदस्यताको विवादको समाधान राजनीतिक दलबाट नभई पत्रकार महासंघबाटै खोजिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका उनले यदि राजनीतिक दलको प्लेटफर्मबाट समाधान खोजिए व्यवसायिकतालाई अझ कमजोर बन्ने बताए ।

पूर्वअध्यक्ष गाउँलेले क्रियाशील पत्रकारहरूको साझा मोर्चाको अन्तरक्रिया कार्यक्रममा यसो भनेका हुन् ।

बुधबार मधेश मिडिया हाउसमा आयोजित अन्तरक्रियामा मोर्चाका तर्फबाट श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले अवधारणा प्रस्तुत गरेपछि पूर्व अध्यक्ष गाउँलेले बलियो गरी प्रश्न गर्नुपर्ने पत्रकारितालाई प्रश्न गर्नै कमजोर हुनुपर्ने स्थिति हुन नहुने बताए ।

‘पत्रकारको संस्थाको बारेमा राजनीतिक दलबाट समाधान खोजिन्छ भने त्यही पेशामाथि प्रश्न उठ्दैन ?, गैर पत्रकारहरुको यतिविग्न चासो किन ?’ गाउँलेको प्रश्न थियो ।

मोर्चाका संयोजक योगेन्द्रप्रताप शाहीको अध्यक्षतामा भएको अन्तरक्रियामा गाउँलेले आफ्नै संरचनाभित्रबाट समाधान खोज्दा सदस्यताको विवाद केही घण्टाभित्रै सुल्झिने बताए । उनले राज्यका महत्वपूर्ण संरचना कमजोर गर्ने डिजाइनअन्तर्गत यसो भएको हुनसक्ने आशंका व्यक्त गरे ।

सुर्खेत साधारण सभाले बनाएको शुद्धीकरण समितिका सदस्य धर्मेन्द्र कर्णले वर्तमान केन्द्रीय समितिले समितिकै अधिकार खोसेको आरोप लगाए ।

प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले ठूला संगठनका नेता र अध्यक्ष मण्डलको स्वार्थका कारण महासंघ संकटमा परेको आरोप लगाए ।

मोर्चाका तर्फबाट अभियान्ता जैसीले पेश गरेको ४ पृष्ठको कार्यपत्रमा महासंघको सदस्यताबारे, महासंघको पुनर्संरचनाबारे, साना तथा स्वरोजगार मिडियाबारे, श्रमजीवीले भोगेका श्रम समस्याबारे विस्तृतमा व्याख्यासहित समाधानका उपाय प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : ४५ बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने