सरकार र निजी क्षेत्रको सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का | Khabarhub Khabarhub

सरकार र निजी क्षेत्रको सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताए ।

उनले नेपालको कूल विद्युत् उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिए ।

मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको बताए ।

मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताए ।

मन्त्री खड्काले मुलकभित्र औद्योगिक करिडोर निर्माणगरी यस क्षेत्रका उद्योगी, व्यवसायीले मागेजतिको क्षमतामा विद्युत् शक्ति दिन, दुरदराजका सबै घरमा २०८२ साल भित्र विद्युत् सेवा पु¥याउन, स्वदेशमा खपत हुन नसकेको अतिरिक्त ऊर्जालाई छिमेकी मुलुकमा निर्यात गर्न आवश्यक पूर्वाधार निर्माणका साथै अधिकतम ऊर्जा खपत तथा व्यापार अनुकूल हुनेगरी नीतिगत, संरचनागत र कानुनी व्यवस्था मिलाउन मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुने विश्वास व्यक्त गरेका छन् ।

ऊर्जा क्षेत्रको विकासका लागि आगामी वर्षलाई थप उपलब्धिमूलक वर्षका रुपमा बनाउन थप समर्पण र उपलब्धिका लागि प्राधिकरणको सिङ्गो टोली लाग्ने मन्त्री खड्काको विश्वास छ ।

आगामी दिनमा प्राधिकरणले ऊर्जा मिश्रणको नीतिलाई आत्मासात् गर्दै सोही अनुकूलको आयोजना निर्माण गर्न र विशेषगरी ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहलकदमी लिने उनले उल्लेख गरे।

मन्त्री खड्काले प्राधिकरणले मुलुकभर सस्तो र भरपर्दो विद्युत् सेवामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दै प्राधिकरणले लिएको लक्ष्य हासिल गर्न सरकारकोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ८ : ५५ बजे

सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक (तस्बिरहरु)

काठमाडौं– महाशिवरात्रिको अवसरमा आज मख्खनस्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

काठमाडौं– काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

तानसेन– महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज

मौद्रिक नीतिको समीक्षाले यसरी हुन सक्छ शेयर बजारलाई फाइदा

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/०८२ को

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

एजेन्सी – दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो