पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको  छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज बिहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

 प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए।  सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारिसाधन रोकिएका थिए ।

 साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : १६ बजे

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

मध्यविन्दु– सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक

भारतको तिरुपति मन्दिरको प्रसादमा माछाको तेल, गाई र सुँगुरको बोसो

काठमाडौं- भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति मन्दिरको भेटीमा जनावरको बोसो