फाइल फोटो

देश/प्रदेश

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

By खबरहब

August 17, 2024

काभ्रेपलाञ्चोक– सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको  छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज बिहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

 प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए।  सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारिसाधन रोकिएका थिए ।

 साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।