थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत « Khabarhub

थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेस्थित थामे खोला हिमबाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत रकम दिइएको छ ।

हेलिकप्टर चढेर नाम्चे हुँदै थामे पुगेका रक्षामन्त्री मानवीर राईसहित प्रदेश, जिल्ला र क्षेत्रका जनप्रतिनिधिहरूले गाउँपालिकाबाट ५० र जिल्ला विपद्‌ व्यवस्थापन कोषबाट १५ गरी जनही ६५ हजार रुपैयाँ वितरण गरेका हुन्‌ ।

बाढीबाट पूर्ण क्षति ब्यहोरेकाहरूलाई सो रकम वितरण गरिएको जानकारी प्राप्त भएको छ । बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

खुम्बुको ठूलो जलाधार क्षेत्र टासी लाप्चा एरियामा केही दिन परेको अविरल वर्षा र तापक्रम वृद्धिका कारण पर्माफ्रोस्ट (हिउँ र बालुवा लगायत गेग्रानको मिसावट लामो समयदेखि बगेर बनेको जमिन) पग्लिएर सो बाढी उत्पन्न भएको पूर्वानुमान गरिएको छ ।

बाढीबाट कम्तिमा १४० जना प्रभावित भएका स्थानीय सञ्‍चारमाध्यमहरूमा खबर छ ।

यो पनि-

‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १ : ११ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन