थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत « Khabarhub

थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत


१ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेस्थित थामे खोला हिमबाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत रकम दिइएको छ ।

हेलिकप्टर चढेर नाम्चे हुँदै थामे पुगेका रक्षामन्त्री मानवीर राईसहित प्रदेश, जिल्ला र क्षेत्रका जनप्रतिनिधिहरूले गाउँपालिकाबाट ५० र जिल्ला विपद्‌ व्यवस्थापन कोषबाट १५ गरी जनही ६५ हजार रुपैयाँ वितरण गरेका हुन्‌ ।

बाढीबाट पूर्ण क्षति ब्यहोरेकाहरूलाई सो रकम वितरण गरिएको जानकारी प्राप्त भएको छ । बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

खुम्बुको ठूलो जलाधार क्षेत्र टासी लाप्चा एरियामा केही दिन परेको अविरल वर्षा र तापक्रम वृद्धिका कारण पर्माफ्रोस्ट (हिउँ र बालुवा लगायत गेग्रानको मिसावट लामो समयदेखि बगेर बनेको जमिन) पग्लिएर सो बाढी उत्पन्न भएको पूर्वानुमान गरिएको छ ।

बाढीबाट कम्तिमा १४० जना प्रभावित भएका स्थानीय सञ्‍चारमाध्यमहरूमा खबर छ ।

यो पनि-

‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  १ : ११ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका