थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि, दुई पोखरी उच्च जोखिममा (तस्बिरसहित) « Khabarhub

थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि, दुई पोखरी उच्च जोखिममा (तस्बिरसहित)


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ ।

टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७ का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिएका हुन्‌ ।

रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ । सो फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ ।

तस्बिर विश्लेषण गर्दा बाढी आउनुअघि हिमपोखरीको जलसतहको घेरा र बाढी आएपछि घटेको पानीको सतह स्पष्ट देखिन्छ । सो बाढी हिमपोखरी फुटेर मात्रै आयो या त्यो भन्दा माथिल्लो क्याचमेन्ट एरिया (जलाधार क्षेत्र) बाटै बाढी शुरू भयो एकीन जानकारी सरकारी अधिकारीहरूले हालसम्म दिएका छैनन्‌ ।

भूगर्भविद्‌हरूले तापक्रम र वर्षाका कारण हिउँ तीव्र गतिमा पग्लिएर पर्माफ्रोस्ट (बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको जमिन) नै बगाउँदा बाढी उत्पन्न भएको र सो बाढीले टासी लाप्चामा रहेका केही हिमपोखरीलाई पनि सोहरेको पूर्वानुमान गरेका थिए । उपलब्ध तस्बिर विश्लेषण गर्दा भूगर्भविद्‌हरूको आकलन सटिक रहेको पुष्टि भएको छ ।


थामेमा आएको बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

थामे गुम्बातर्फको तटीय बस्तीको जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा हुँदै कोङ्दे रि सम्म पर्छ । थामेको माथिल्लो क्षेत्रमा केही ग्लेसियर ड्याम ९पहिले नै हिमपहिरो झरेपछि बनेको बाँध० बाट बनेका तालहरू छन् ।

यो पनि-

‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १ : ३७ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने