एमपक्स खोपको उत्पादन बढाउन डब्लुएचओको आग्रह  « Khabarhub

एमपक्स खोपको उत्पादन बढाउन डब्लुएचओको आग्रह 


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ । 

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

‘एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न हामीलाई साँच्चै खोपको उत्पादन बढाउन आवश्यक छ’, डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले पत्रकारहरूलाई भने। 

डब्लुएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ । 

हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन  र जापानको एलसी-१६ गरी दुई प्रकारका एमपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ । 

ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताए ।  सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड खोप उत्पादन गर्न सकिने उनले बताए । 

‘एलसी१६ खोपको भने व्यवसायिकरण गरिएको छैन । यो जापान सरकारको तर्फबाट उत्पादन गरिएको हो । यस खोपको पर्याप्त भण्डार छ’, ह्यारिसले भने ।

डब्ल्यूएचओले एलसी-१६ खोपको वितरणका लागि टोकियोसँग सहकार्य गरिरहेको बताएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  २ : २६ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा