सरकारका प्रवक्ता भन्छन्‌: ‘माओवादीले प्रतिगमनको हल्ला चलायो’ « Khabarhub

सरकारका प्रवक्ता भन्छन्‌: ‘माओवादीले प्रतिगमनको हल्ला चलायो’


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवम्‌ सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको बताएका छन्‌ ।

तमु सञ्चारकर्मी संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले कांग्रेस–एमाले मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पिडा व्यक्त गरेको बताएका हुन्‌ ।

पटकपटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको मन्त्री गुरुङले तर्क गरे । उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्वपूर्ण रहेको भन्दै उपलब्धि मास्ने काम कसैले नगर्ने दाबी पनि गरे ।

गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वभाविक भएको भन्दै यसका कारण कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे ।

आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्दा सवैका सहमतिका साथ अघि बढ्ने उनले बताए । मन्त्री गुरुङले संविधानमा सबैको अधिकारका कुरा रहे पनि यसलाई व्यवहारमा लागू गर्न नीति कानून आवश्यक रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने समेत जनाए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ३ : ३१ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल