कानूनको पूर्ण परिपालनामा प्रधानमन्त्री ओलीको जोड « Khabarhub

कानूनको पूर्ण परिपालनामा प्रधानमन्त्री ओलीको जोड


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आज आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्नेमा जोड दिए । देशले न्याय क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्दै आएको बताउँदै उनले दक्षिण एसियामा कानुन र संविधान निर्माणमा हाम्रो देश अगाडि छ भन। 

प्रधानमन्त्रीले भने, ‘हामी नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रुपमा विकास र सञ्चालन गर्न चाहन्छौँ ।  समाजको चेतना र संस्कृति अनुकूल संविधान र कानुन बनेका हुन्छन् । प्रधानमन्त्री ओलीलले भने, ‘न्याय स्थापनाका लागि न्यायसम्मत राज्य र कानुनसम्मत समाजको परिचालन आवश्यक छ । संविधान र कानुलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ, अन्यथा समाजमा डिसअर्डर हुन्छ । कानुन कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि हाम्रो पहल हुनेछ ।’

नेपालमा २०७५ भदौ १ गते विभिन्न संहिता, कानुन लागू भएको सन्दर्भमा मनाइएको दिवसमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिक रुपमा पहल भएमा संसद्ले संविधान संशोधन गर्न सक्ने स्पष्ट पारे । 

‘यसका लागि हामी सबै राष्ट्रिय भावका साथ प्रस्तुत भएमा संविधान र कानुनको पालना सहज हुनेछ ।’, उनले भने , ‘पहिले पहिले अदृष्य बन्धनका रुपमा रहेका धर्म र नैतिकताका आधारमा पनि न्याय गर्न सकिन्थ्यो । अहिले सामाजिक बन्धनहरू कमजोर भएका छन् । समाजमा इमानबाट चल्ने अदृष्य बन्धन रहेन । जसले जे गरे पनि हुन्छ भन्ने भएको छ । त्यस कारण शिक्षा र सामाजिक बन्धनलाई प्रवर्द्धन गर्न आवश्यक छ ।’

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार तलबको व्यवस्था गर्न दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निर्णय गर्न असुविधा भएको बताए । 

राजस्व असुलीको प्रवृत्तिमा २४ प्रतिशतले कमी भएको र संसद्बाट बजेट पारित भइसकेको स्थितिमा उक्त आदेशको कार्यान्वयनबारे सरकारले फेरि अदालतसमक्ष समाधानको उपाय निकाल्न भन्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ५ : ०३ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा