बाढी पीडितलाई राहत सामग्री वितरण जारी छ : प्राधिकरण | Khabarhub Khabarhub

बाढी पीडितलाई राहत सामग्री वितरण जारी छ : प्राधिकरण


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ ।  

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत तारपोलिन, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, सरसफाइ किट, कपडा, स्लिपिङ ब्याग जस्ता गैरखाद्यन्न सामग्री वितरण गरिएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनको दुई महिनामा अहिलेसम्म रेडक्रसमार्फत तारपोलिन २ हजार ५० थान , ब्ल्याङ्केट १ हजार ३० थान , म्याट्रेस ६१०, भाँडाकुँडा ५५५, झुल १५०, सरसफाइ किट २२५, कपडा ३ हजार २४५ मिटर, ब्याग ५० थान वितरण भएको जानकारी दिए । यस्तै गृह मन्त्रालयबाट त्रिपाल १ हजार २० थान, टेन्ट १२० थान, ब्यांकेट ३०० थान, म्याट्रेस १०० थान र स्लिपिङ ब्याग ५० र झुल २०० थान वितरण भएको उनले बताए । उनका अनुसार माग अनुसार राहत सामग्री वितरणको काम जारी छ ।

प्राधिकरणका अनुसार मनसुनपछिको अहिलेसम्म १३ जिल्लाका विपद व्यवस्थापन कोषमा एक करोड ७६ लाख पठाइसकिएको छ । मनसुन प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप १५ देखि २० हजार पनि सहयोग गरिएको प्राधिकरणले जानकारी दिएको छ । संकटासन्न परिवारलाई मानवीय सहयोग जारी रहेको आइएफआरसीले जनाएको छ । 

प्रभावितहरूलाई स्थानीय तहलगायत संघ संस्थाको पहलमा अस्थायी आश्रयस्थलमा राखी खाद्यान्न व्यवस्थापन गरिएको छ । अहिलेसम्म यो दुई महिनामा सबै प्रकृतिका विपदमा परेर २११ जरनको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

मनसुनी विपद्मा मात्रै परेर १७६ जनाको मृत्यु भइसकेको छ । ३ हजार बढी परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ५ : १८ बजे

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

काठमाडौं- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र नेकपा एमालेबीचको गहिरो

बीपी राजमार्गमा फेरि पहिरो खस्यो, वैकल्पिक बाटो पनि अवरुद्ध

धुलिखेल – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको