अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण  « Khabarhub

अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण 


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

नैरोबी– एकै हप्तामा १ हजार २०० जनामा एमपक्स सङ्क्रमण प्रमाणित भएसँगै सन् २०२४ को जनवरीदेखी अफ्रिकामा कुल १८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण फेला परेको  अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ ।  

स्वास्थ्य विभागको तथ्यांकअनुसार भाइरसको तीनवटा भेरियन्ट छन् जसमध्ये एउटा अधिक घातक , अधिक सङ्क्रमक ुक्लेड –१ बीु हो ।  पछिल्लो समय बढिरहेको एमपक्स सङ्क्रमणलाई विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले  बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।  

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र ९सीडीसी० ले विज्ञप्तिमार्फत जनाएको छ ।  

सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश कङ्गोमा सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक भाइरसको नयाँ ुक्लेड–१ बीु भेरियन्ट पत्ता लागेको थियो जहाँ १ हप्तामा एक हजार पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको थियो ।

लगभग दश करोड मानिस बसोबास गर्ने डीआरसीका सबै  प्रान्तमा सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।

यसै गरी छिमेकी बुरुन्डीमा एमपक्सको १७३ केश रिपोर्ट गरिएको छ । अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता एमपक्स सङ्क्रमण फेला परेको छ । 

यसै सन्दर्भमा डब्ल्यूएचओको आपतकालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।

एमपक्स एउटा भाइरल रोग हो जुन जनावरबाट मानिसमा फैलिन सक्छ, भने शारीरिक सम्पर्कको माध्यमबाट मानिसमा  फैलिन सक्छ । यसका लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउहरू आउने हुन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ५ : २४ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ