अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण  « Khabarhub

अफ्रिकामा १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण 


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

नैरोबी– एकै हप्तामा १ हजार २०० जनामा एमपक्स सङ्क्रमण प्रमाणित भएसँगै सन् २०२४ को जनवरीदेखी अफ्रिकामा कुल १८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण फेला परेको  अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ ।  

स्वास्थ्य विभागको तथ्यांकअनुसार भाइरसको तीनवटा भेरियन्ट छन् जसमध्ये एउटा अधिक घातक , अधिक सङ्क्रमक ुक्लेड –१ बीु हो ।  पछिल्लो समय बढिरहेको एमपक्स सङ्क्रमणलाई विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले  बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।  

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र ९सीडीसी० ले विज्ञप्तिमार्फत जनाएको छ ।  

सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश कङ्गोमा सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक भाइरसको नयाँ ुक्लेड–१ बीु भेरियन्ट पत्ता लागेको थियो जहाँ १ हप्तामा एक हजार पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको थियो ।

लगभग दश करोड मानिस बसोबास गर्ने डीआरसीका सबै  प्रान्तमा सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।

यसै गरी छिमेकी बुरुन्डीमा एमपक्सको १७३ केश रिपोर्ट गरिएको छ । अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता एमपक्स सङ्क्रमण फेला परेको छ । 

यसै सन्दर्भमा डब्ल्यूएचओको आपतकालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।

एमपक्स एउटा भाइरल रोग हो जुन जनावरबाट मानिसमा फैलिन सक्छ, भने शारीरिक सम्पर्कको माध्यमबाट मानिसमा  फैलिन सक्छ । यसका लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउहरू आउने हुन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ५ : २४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी