बाढीपीडितको सहयोगमा कमी हुन नदिन प्रचण्डको आग्रह « Khabarhub

बाढीपीडितको सहयोगमा कमी हुन नदिन प्रचण्डको आग्रह


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बाढीमा परेकाहरूको उद्धार र  राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन् । 

अध्यक्ष दाहालले आज अपराह्‍न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको बताएका छन् । 

अध्यक्ष दाहालले भनेका छन्, ‘नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपिल गर्दछु ।’

उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयामिक जोखिममा पर्दै गएको जानकारी गराउँदै हिमाल पग्लिने क्रम जारी रहेकामा चिन्ता प्रकट गरेका छन् । उनले नेपालजस्ता देशहरूले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको पनि बताए ।

‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन् । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ’, अध्यक्ष दाहालले भने, ‘मैले संयुक्त राष्ट्रसङ्घको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ । नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ ।’

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : ०१ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा