सुमना श्रेष्ठलाई लक्षित गर्दै ओलीले भने- शिक्षकमाथि दमन गर्न मिल्दैन « Khabarhub

सुमना श्रेष्ठलाई लक्षित गर्दै ओलीले भने- शिक्षकमाथि दमन गर्न मिल्दैन


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकमाथि दमन गर्न नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरुमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकमाथि दमन गर्न नमिल्ने बताएका हुन् ।

यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकहरुमाथि दमन गर्ने काम गरेको बताए । ८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आवद्धता त्याग्न लगाए जस्ता कुराहरू सही नभएको उनले बताए ।

उनले शिक्षक सरकारका शत्रु नभएको र सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले अहिलेको समय अनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाउने उल्लेख गरे ।

उनले अहिले पनि समाजलाई कानून, संविधानप्रति जवाफदेही हुनुपर्छ भन्ने बनाउन जरुरी रहेको बताए । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : १४ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत