सुमना श्रेष्ठलाई लक्षित गर्दै ओलीले भने- शिक्षकमाथि दमन गर्न मिल्दैन « Khabarhub

सुमना श्रेष्ठलाई लक्षित गर्दै ओलीले भने- शिक्षकमाथि दमन गर्न मिल्दैन


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकमाथि दमन गर्न नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरुमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकमाथि दमन गर्न नमिल्ने बताएका हुन् ।

यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकहरुमाथि दमन गर्ने काम गरेको बताए । ८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आवद्धता त्याग्न लगाए जस्ता कुराहरू सही नभएको उनले बताए ।

उनले शिक्षक सरकारका शत्रु नभएको र सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले अहिलेको समय अनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाउने उल्लेख गरे ।

उनले अहिले पनि समाजलाई कानून, संविधानप्रति जवाफदेही हुनुपर्छ भन्ने बनाउन जरुरी रहेको बताए । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : १४ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति